web analytics

जय श्री बागेश्वरी कृषि सहकारि को सातौ वार्षिक साधारणसभा सम्पन्न !

 

कृष्ण बहादुर बुढा

मङ्सिर २५

बाँके / बाँके को बैजनाथ ८मा रहेको जय श्री बागेश्वरी कृषि
सहकारिले आज सातौ  साधारणसभा वार्षिक सम्पन्न गरेको छ ।उक्त कार्यक्रम को प्रमुख अतिथी बैजनाथ कृषि
शाखा प्रमुख प्रमोद वि क, सभा अध्यक्ष गणेश बस्नेत
विशेष अतिथी रामचरण थारु, अतिथी दिपक जि सि
लगाएत शेयर सदस्य र अन्य को उल्लेख सहभागिता रहेको
थियो ।

उक्त कार्यक्रम मा बोल्दै उपाध्यक्ष लाल बहादुर खडका
ले सहाकरी को लगानी मा सबै को हातेमालो हुनुपर्ने
र आगामी दिन मा सहकारी मार्फत कृषक तथा शेयर
धनिलाई आश्यक प्याकेज ल्याएर अगाडि बढ्ने कुरा बताए ।त्यसै गरि प्रमुख अतिथि ले बोल्दै अब सहकारी मार्फत
सरकार ले सबै कृषि सम्बन्धि कार्यक्रम अगाडि बढाउने
र आवश्यक सहयोग गर्न तयार रहेको कुरा बताए ।अध्यक्ष गणेश बस्नेतले अब सहकारी लाई यो क्षेत्र को
नमुना बनाउने र त्यसको लागि सबै लाग्नु पर्ने कुरा बताए
कार्यक्रम को सहजीकरण सस्था का सचीव कृष्ण बुढाले
गर्नु भएको थियो

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.