web analytics

कञ्चनपुर माओवादीमा विद्रोहको तयारी, वीना मगर पक्षबाट सधै उपेक्षा गरिएको नेताहरुको गुनासो

कञ्चनपुर, पुस १३

नेकपा माओवादी केन्द्र पछिल्लो समय निरन्तर ओरालो गतिमा छ । यो गति रोक्ने भन्दा माओवादी नेतृत्व आफ्नै स्वार्थमा रमाउदा नेता कार्यकर्ताहरु भड्किदै गएका छन । यसैक्रममा माओवादी पार्टीलाई कञ्चनपुरमा ठुलै धक्का लाग्ने भएको छ । पुर्वमन्त्री तथा प्रचण्डकी बुहारी वीना मगरको गृहजिल्ला कञ्चनपुरमा निकै चर्चित स्थानीय नेताहरुले विद्रोहको तयारी गरेका छन ।

पार्टीले काठमाडौंमा आठौं महाधिवेशन गरिरहँदा कञ्चनपुरका पार्टी नेता तथा कार्यकर्ताहरु भने सोमबार झलारीकाे कलुवापुरमा रहेकाे कृष्ण सामुदायिक वनकाे भवनमा बसेर विद्रोहको तयार गरेका गरे । सो भेलामा उपस्थित नेता कार्यकर्ताहरुले वीना मगर र नेता टेकेन्द्र भट्टबाट सधै उपेक्षित हुनु परेको गुनासो गरेका छन ।

वीना मगरको क्षेत्र निर्वाचन क्षेत्र नम्बर एकका माओवादी पार्टीका खम्बा भनेर चिनिने नेताहरु राम बहादुर गुरुङ, दिपक विसी(आदर्श), रक्तबिज जस्ता नेताले विद्रोहको तयारी गरेसंगै वीना मगरलाई ठूलो नोक्सानी हुने भएको छ ।

कांग्रेससंगको गठबन्धन गरेरै यसपालिको निर्वाचनमा सुरक्षित हुने रणनीति लिइरहेको माओवादी केन्द्र निर्वाचन नजिकिँदै गर्दा नेता कार्यकर्ताको विद्रोहले अझ कमजोर हुने देखिन्छ ।

कञ्चनपुरमा माओवादी केन्द्रका पूर्वसांसदसहित नेताहरूले नेतृत्व प्रति असन्तुष्टि जनाउदै विद्रोहको सन्देश दिएका छन ।
कञ्चनपुरमा पूर्वसांसद कमल क्षेत्री, पूर्वजिल्ला अध्यक्ष खडक बस्नेत, पूर्वजिल्ला सचिव विपिन दहित, पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रक्तबिज, पुर्व जनमुक्ति सेनाका कमाण्डर तथा वाईसिएल कञ्चनपुरका ईन्चार्ज टेकेन्द्र साउँद (कुसुम), बेलाैरी नगर ईन्चार्ज राम बहादुर गुरूङ्ग, दिपक बिसि(आदर्श), गगन सुनार, मान सिँह एस.के., पुर्वलडाकु अजित चाैधरी, क्याप चाैधरी, कुसुम चाैधरी, नरबहादुर सुनार, राेसनी चाैधरी लगायत असन्तुष्ट नेता कार्यकर्ता विद्रोही कार्यक्रममा उपस्थिति भएर एकजुट भएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.