web analytics

मोडल सुरज रावलको नयाँ म्युजिक भिडियो “मलामी” युटुबमा सार्वजनिक

कञ्चनपुर बेलौरीका मोडल सुरज रावलले नयाँ म्युजिक भिडियो “मलामी”मा अभिनय गरेका छ्न । भिडियोमा मोडल सरु पाण्डेले साथ दिएकी छिन । गीतमा गायक कमल बिसी (माल्दाइ) र गायिका गीता मगरको आवाज रहेको छ भने शब्द र संगीत
सरोज पौडेलको रहेको छ ।
भिडियोको निर्देशन शेर बहादुर डिसी र शिवन पोखरेलले गरेका हुन भने छायांकन दिपक गीरीको रहेको छ । भिडियोलाई एक्सन मिडिया युट्युब च्यानलले सार्वजनिक गरेको हो ।
दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाईसकेका मोडल सुरज रावल पेशाले नेपाल प्रहरी हुन । राष्ट्रसेवा र अभिनय दुवैलाई मिलाएर अगाडि बढिरहेका मोडल रावल अभिनयलाई आफ्नो शौक मात्र भएको बताउँछ्न । हेर्नुस भिडियो….

Facebook Comments
Below Article Content Ads

Comments are closed.