web analytics

कञ्चनपुरमा नेकपा एमालेको मतदान सकियो, मत गणना केही बेरमा हुँदै

कञ्चनपुर/कञ्चनपुरमा नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्नका लागि भएको मतदान सम्पन्न भएको छ । ४ सय ९९ मतदातामध्ये ४ सय ७० जना मतदान गरेको निर्वाचन कमिटीले जनाएको छ । एमालेको पार्टी कार्यालयमा मंगलबार साँझ ५ बजेदेखि सुरु भएको मतदान बुधबार बिहान २ बजे सकिएको थियो ।
आज बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।
थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोक कुमार चन्द, उपसचिवमा शेरबहादुर चन्द र इश्वरा कुँवर उम्मेदवार छन् । यसैगरी,  बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द उम्मेदवार छन् ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.