web analytics

पुनर्वासको माइली बजारमा अटो र मोटरसाइकल ठोकिदा ७ घाइते

कञ्चनपुर/१२ माघ ।
पुनर्वासको माईली बजारमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। बुधबार लु२स ००८१ नम्बरको अटो र से१प ७६४४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।
घाइते मध्ये ४ जनालाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए। उनका अनुसार मोटरसाइकल चालक रामभजन राना, राजेन्द्र मिजार सुनार, राधेश्याम राना र आकाश विकलाई अस्पताल पठाइएको हो। ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए। बाँकी ३ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.