web analytics

के विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउलान ?

काठमाडौँ/१४ माघ                            कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले कोभिड १९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ। सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिइन्। उनले भनिन्,‘विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा पढाउन दिनेबारे छलफल सिसिएमसीमा चलेको छ,अझै निर्णय भने हुन सकेको छैन।’
उनका अनुसार माघ २० गतेसम्ममा यसबारे निर्णय हुनेछ। सरकारले कोरोना संक्रमणदर तीव्र गतिमा बढेपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेदेखि २० गते पाँच दिनसम्म भने विद्यालयलाई खोप केन्द्र बनाउन देशभरको विद्यालय खोलिने जनाएको छ।
माघ १५ पछि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउने सरकारको योजना छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले पनि खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा माघ २३ पछि अध्यापन गर्न दिन सरकारसँग माग गरेको थियो। प्याब्सनले गत बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर यस्तो माग गरेका थिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.