web analytics

किन गरे कमल थापाले राप्रपा छोडने निर्णय?

काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे ।
पत्रकार सम्मेलनमा बाेल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षेप भएकाे दाबी गर्दै त्याे राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो ।
गएकाे मङ्सिरमा भएकाे एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आउनुभएकाे थियाे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.