web analytics

एमसीसी विपक्षमा रहेका प्रचण्ड र माधव बिच छलफल

 

काठमाडौ/ एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा लगिछाड्ने अडान लिएपछि सत्ता साझेदार दुई नेतामाथि दबाब परेको छ।
प्रमुख सत्तारुढ कांग्रेसले गठबन्धनमा सहमति नगरी एमसीसी संसदमा लगिएमा यी दुवै दलले सरकारबाट बाहिरिने बताइसकेका छन्।

दुवै नेता एमसीसी संशोधन गरी पास गर्नै नहुने पक्षमा छन्। माओवादी केन्द्रको बुधबार बिहानको बैठकले जबरजस्ती संसदमा एमसीसी लगिए सरकार छाड्ने निर्णय लिइसकेको छ।
यस्तोमा बिहीबार बिहान पनि दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वार्ता भएको थियो। उक्त वार्तापछि गठबन्धनको बैठक बिहीबार अपरान्ह ५ बजे मात्रै बस्ने गरी डाकिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.