web analytics

नायक पल शाह विरूद्ध जबरजस्ती करणी जाहेरी

काठमाडाैं । नायक पल शाह विरूद्ध जबरजस्ती करणी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन ।
म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लागेकाे छ। गायिका अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.