web analytics

पुनर्वासमा मृत हात्ति फेला पर्‍यो

कञ्चनपुर, ११ फागुन ।
पुनर्वासमा एक ढोई हात्ती मृत अवस्थामा फेला परेको छ । बुधबार पुनर्वास नगरपालिका २ अमरैया स्थित दोदा नदिको झोलुंगे पुल नजिकै सो हात्ती मृत अवस्थामा फेला परेको थियोे । स्थानीयले देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए ।
प्रत्यक्षदर्शीहरुका अनुसार हात्ती बिरामी अवस्थामा विगत तीन चार दिनदेखि सोही क्षेत्रमा बसीरहेको थियो ।
हिडन नसक्ने भएपछि बथानबाट छुटि सोही क्षेत्रमा बसीरहेको, शरीरमा कुनै घाउ चोट नदेखिएको, अत्यन्त दुब्लो अवस्थामा रहेकाले बिरामीकै कारण मृत्यु भएको आफुहरुले अनुमान गरेको सहायक वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो । यस बारेमा थप अनुसन्धान आफुले गरीरहेको समेत उहाँले बताउनुभयो ।
करिब दस बर्ष उमेर पुगेको सो ढोई हात्तिको पाचन प्रणालीमा आएको समस्याका कारण मृत्यु भएको हुनसक्ने भेटनरी डाक्टर दिनेश पन्तले बताउनुभएको छ । यद्यपि मलको नमूना संकलन गरि थप अनुसन्धान गरीने उहाँले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र वनकर्मचारी र सहायक वन अधिकृत दिनेश कुमार यादवको उपस्थितिमा आवश्यक कानूनी प्रक्रिया पूरा गरीएको छ ।  हात्तिलाई सोही स्थानमा डोजरले खनेर गाडिएको हाम्रा संवाददाता अर्जुन आउजीले जानकारी गराएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.