web analytics

नायक पल शाह आत्मसमर्पण गर्दै

काठमाडौ/नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

शाहविरुद्ध ती गायिकाले गत बुधबार जाहेरी दिएकी थिइन् । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.