web analytics

एमालेले एमसीसीबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्ने

काठमाडौं/ नेकपा एमालेले एमसीसीबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्ने भएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागीएको हो । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।
आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.