web analytics

भीम रावल अनुचित र अनुशासनहीन काम गर्दैछन- ओलि

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलले पार्टीको अनुशासन विपरित क्रियाकलाप गर्दै आएको बताएका छन्।
रावलले व्यक्तिगत तवरमा आफूलाई हिरो देखाउन खोजेको ओलीको टिप्पणी छ।
‘हाम्रो पार्टीले लिएका नीति र व्यवहार ठीक छ, त्यसका विरुद्ध पृथक देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन’, पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद्को सदस्य हो। तर उहाँले आत्मकेन्द्रित र आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरहनुभएको छ। त्यससम्बन्धमा पार्टीको ध्यान गएको छ।
संसद बैठकमा एमाले सभामुखविरुद्ध आन्दोलन जारी राखे पनि रावलले पछिल्लो समय एमसिसीको बहसमा भाग लिएका थिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.