एमालेका प्रभावशाली नेता कृष्ण तामाङ्ग नेपाली काङ्ग्रेसमा प्रवेश
कञ्चनपुर/ नेकपा एमालेका प्रभावशाली नेता तथा पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण तामाङ नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । आज काठमाडौको बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको हातबाट खादा ग्रहण गर्दै तामाङ नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
त्यस अवसरमा माननीय एनपी साउद, कञ्चनपुर क्षेत्र नम्बर १ का पुर्व सांसद दिवान सिंह बिष्ट , क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्याय, महाधिवेशन प्रतिनिधि भरत बिष्ट, तरुण दलका नेता प्रकाश बोगटी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न पदमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरीसकेका तामाङ्ग केहि वर्ष अघि सो पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रमा सक्रिय रहदारहदै माओवादी केन्द्र र एमाले पार्टी मिलि नेकपा हुँदा तामाङ केन्द्रिय सदस्य सम्म बनेका थिए । तर गतसाल एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी बनेपछि तामाङ्ग एमाले तिर लागेका थिए ।
तामाङ्गले पछिल्लो समय पार्टीमा आफु चरम वेवास्ताको शिकार भएको र आफुलाई कुनै जिम्मेवारी नदिएको गुनासो गर्दै आएका थिए । तर यसको कुनै सुनुवाइ नभएको तामाङको भनाई छ । सङ्गैका साथीहरुलाई प्रदेशको जिम्मेवारी दिईरहँदा आफुलाई भने कुनै स्थान नदिएको कारण आफुले पार्टी त्याग्न बाध्य भएको नेता तामाङ्गले समाचार विशेषलाई बताए ।



Comments are closed.