नेकपा एकीकृत समाजवादी पुनर्वास अध्यक्षमा चेतराज कापडी
कञ्चनपुर/ नेकपा एकीकृत समाजवादी पुनर्वास अध्यक्षमा चेतराज कापडी चयन भएका छ्न । मंगलबार नेकपा एकीकृत समाजवादी पुनर्वासको प्रथम नगर भेलाले ७ जना पदाधिकारी सहित गर्दै ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा ईश्वर बुढा, सचिवमा अशोक सार्की, सहसचिवमा हिमेश थापा, दिनेश बिश्वकर्मा, शान्ति कुँवर र अर्को उपाध्यक्ष पदमा भने अहिले पदपूर्ति गर्न बाँकी रहेको समाजवादीका कञ्चनपुरका जिल्ला अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पुर्णा गुरुङको अध्यक्षतामा भएको भेलामा सुदुरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहको प्रमुख आतिथ्यता थियो ।



Comments are closed.