web analytics

सुदुरपश्चिम सरकारमा कांग्रेस सहभागी

धनगढी/सुदुरपश्चिम सरकारमा कांग्रेस सहभागी भएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केन्द्रीय गठबन्धनअनुसार सुदूरपश्चिममा कांग्रेस सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् ।

कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ । यसैगरी सो पार्टीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ ।

प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा आजै साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका सपथ गराएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.