web analytics

एमालेसँग भएको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । बुधबार बसेको सत्तारुढ दलहरुको बैठकले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेका छन् ।
गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ । दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए ।
तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।
तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा समेत छलफल भएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.