कांग्रेस उम्मेदवार तोय शर्मा सार्वजनिक गरे घोषणापत्र ! हेर्नुस् ३४ बुँदाको घोषणपत्र
नेपाली काँग्रेस पुनर्वास नगरपालिकाका मेयर पदका उम्मेदवार तोय प्रसाद शर्माको कार्य योजना तथा प्रतिबद्धता !
घोषणापत्र

तोय प्रसाद शर्मा
नेपाली कांग्रेस मेयर पदका उम्मेदवार !
नेपाली काँग्रेसको नयाँ बिकास अभियान , जयनेपाल !
सम्पुर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी , सबै वर्ग समुदायमा हाम्रो अपिल !
आदरणीय सम्पुर्ण मतदाता ज्यु हरु आउदै गरेको २०७९ बैशाख ३० गते हुन गैरहेको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट यहाँ हरु समक्ष यो प्रतिबद्धता पत्र सहित हजुरहरुको घरदैलोमा आउने चाहना हुँदाहुँदै पनि समय अभावका कारण उपस्थित हुन नसके पनि हजुरहरुको अमुल्य मत हामी लगायत सम्पुर्ण टीमलाई रुख चिन्हमा छाप लगाइ मतदान गरि बिजयी गराइदिन हुन बिनम्र अनुरोध गर्दछौ !
हजुरहरुले दिएको मतबाट बिजयी भएमा हजुरहरुको शिर झुक्न नदिइ पुनर्वासको समग्र बिकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्दछु !
तोय प्रसाद शर्मा
मेयर पदका उम्मेदवार
“कृषि तथा पशुपंक्षी ब्यबसायको प्रमुख आधार , शिक्षा प्रविधि स्वरोजगार स्वस्थ पुनर्वास आर्थिक उन्नतिको बलियो आधार ”
पुनर्वास नगरपालिकामा नेपाली काँग्रेसका सबै उम्मेदवार हरुलाई रुख चिन्हमा मतदान गरन आग्रह गर्दै तपशिलका क्षेत्रमा प्रतिबद्धता जाहेर गर्न चहान्छु !
१ ) जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकहरुलाई सर्व सुलभ र सहज रुपमा सामाजिक सुरक्षा लिन पट्यारलाग्दो वर्तमान अबस्थाको अन्त्य गर्दै भत्ता टोल टोलमा वितरण गर्ने व्यवस्था मिलाउने ।
२) नगर तथा वडा कार्यालयमा सेवा लिन आउने जनताहरुलाई सुलभ, सहज सेवा प्रदान गर्ने व्यवस्था मिलाउने । निवेदन , कागज , फोटोकपी जस्ता कार्यमा सेवाग्राही जनताहरुलाई सेवा दिन वडा तथा पालिका कार्यालयमा निशुल्क निवेदन, कागज, फोटोकपी लगायतको व्यवस्था गर्ने ।
४) जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका अति बिपन्न दलित एकल महिला अशक्त र अपांगता भएका व्यक्तिलाई निशुल्क वीमा सहित हरेक नागरिकलाई स्वास्थ्य वीमाको दायरामा ल्याइ उपचारको व्यवस्था मिलाइने ।

५) स्वास्थ्य संस्था देखि टाढा रहेका बस्तीहरुका जनताको सहज र सरल स्वास्थ्य सेवाका लागि शहरी स्वास्थ्य क्लिनिकको व्यवस्था गरिने ।

६) पुनर्वास नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न सामुदायिक विद्यालयलाई नमुना बनाउने नीति तथा कार्यक्रम बनाइने ।
७) पुनर्वास नगरपालिका भित्र रहेका पर्यटन सम्भावनाहरुको खोजी गरि पर्यटकीय क्षेत्र बिकासका लागि कार्यक्रम तयार पारिने ।
८) पुनर्वास नगरपालिका भित्रका युवाहरुलाई कृषि, पशुपन्छी पालन, मतस्य पालन, पर्यटन लगायतका क्षेत्रमा सहभागी हुने वातावरणको सृजना गरि युवाहरुलाई स्वरोजगार बनाउदै आर्थिक स्तर उकास्ने नीति तथा कार्यक्रम ल्याइने ।
९) पुनर्वास नगरपालिकाको कृषिलाई आधुनिक तथा ब्यबसायिक बनाइ कृषकहरुको आर्थिकस्तर बढाउन नीति तथा कार्यक्रम तर्जुमा गरिने ।
१०) नगरभित्रको विकास निर्माणमा कुनै पनि प्रकारको भेदभाव , विभेद नगरी समान र न्यायोचित विकास निर्माणको थालनी गरिने ।
११) सबै जातजाती, धर्म, वर्ग, समुदायलाई सम्मान गर्दै सबैको राय सल्लाह सुझावका आधारमा पुनर्वास नगरपालिकालाई नमुना नगरपालिका निर्माणको अभियानको थालनी गरिने ।
१२) पुनर्वास नगरपालिका कृषकहरुको कृषि बाली तरकारी भण्डारण गर्न अत्यावश्यक शीत गृह कोल्ड स्टोर स्थापना गरिने ।
१३) पुनर्वास नगरपालिकाका बजार क्षेत्रको सरसफाइ, फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरिने ।
१४) पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत नाका डोकेबजारलाई व्यवस्थित, सुन्दर सहज सुबिधा सम्पन्न नाकाका रुपमा विकास गरि नगरको आर्थिक स्तर उकास्न प्रयत्न गरिने ।
१५) सुकुम्बासी, मुक्तकमैया, मुक्त हलिया तथा बिपन्न समुदायका बालबालिका तथा असाह्यहरुको स्वास्थ्य परिक्षण तथा उपचारका लागि विशेषज्ञलाई डाक्टर सहितको घुम्ति क्लिनिक सञ्चालन गरिने ।
१६ ) स्थानीय निकाय लाई मिडिया मैत्री बनाएर पुनर्वास नगरपालिकाका हरेक विकास निर्माणका योजना तथा गतिविधिहरुलाई पारदर्शी बनाउदै सुशासित नगरपालिका बनाउन आवश्यक नीति, कार्यक्रम तथा योजना तर्जुमा गरिने ।
१७) स्थानीय निकायका हरेक सुचना जनताले पाउनु नैसर्गिक अधिकार भएकाले सुचना सहज र सरल रुपमा उपलब्ध बनाउन हेल्प डेस्कको स्थापना गरिने ।
१८) प्राकृतिक बिपतको मार खेपेका कृषकहरुलाई कुनै पनि भेदभाव, विभेद नगरी राहत उपलब्ध गराइने ।
१९ ) कृषकहरुलाई कृषि उत्पादकत्व वृद्धि गर्न आवश्यक, आधुनिक कृषि औजार, मल, प्राविधिक साहायता, अनुदान भेदभाव नगरी न्यायोचित बितरणको व्यवस्था गरिने ।
२० ) विपन्न समुदायका बालबालिकालाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायतको व्यवस्था गरिने ।
२१) नगरपालिका भित्र रहेका लघुउद्योग, घरेलुउद्योग, कृषिमा उत्पादनमा आधारित उद्योग, लगायत सबै खाले उद्योगहरुलाई प्रोत्साहनको नीति तथा कार्यक्रम ल्याइने ।
२२) कृषि उपज संकलन केन्द्र तथा दुग्ध चिस्यान केन्द्र स्थापना गरिने ।
२३) कृषकहरुको कृषि उत्पादकत्व वृद्धि गर्न विद्युत सिंचाइमा अनुदानको व्यवस्था गरिने ।
२४) हात्ती आतंक र वन्यजन्तुको आतंक नियन्त्रणका लागि पहल गरिने ।
२५) दोंदा नदीको बाढी नियन्त्रणको पहल गरिने ।
२६) सीमा अतिक्रमण समस्या समाधानका लागि पहल गरिने ।
२७) सुकुम्बासी हरुलाई भोगचलनका आधारमा लालपुर्जा वितरण गरिने ।
२८ ) प्रत्येक वडाहरुमा ३ फेज लाइन र १०० केभिका ट्रान्सर्फमर जडानको पहल गरिने ।
२९) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेका अपांगता भएका व्यक्तिहरुलाई विशेष कार्यक्रम ल्याइने ।
३०) युवाहरूलाई स्वरोजगार बनाउन उत्पादन मुलक क्षेत्रमा आकर्षित पार्ने कार्यक्रम ल्याइने ।
३१) नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा आवश्यकताका आधारमा भौतिक संरचना निर्माण साथै राहत नीजी बाल विकास करार शिक्षकका लागि विशेष व्यवस्था गरिने ।
३२) पुनर्वासमा अधिक उत्पादन हुने बालीको छनौट गरि कृषि जोन काय्रक्रम लागु गरिने ।
३३)सहकारी मार्फत कृषक/जनतालाई प्रभावकारी गुणस्तरीय सहज सेवा दिन सहकारीलाई प्रोत्साहन दिई सामुहिक खेती/पशुपालन व्यवसाय प्रबर्धन गर्ने कार्यक्रम ल्याइने ।
३४) आकस्मिक देखिने दैवीप्रकोप महामारी नियन्त्रण तथा पुर्व तयारीका लागि आबश्यक नीति बनाइ राहत, उद्धार तथा अनुदान न्यायोचित बितरणको व्यवस्था गरिने ।




Comments are closed.