web analytics

वडाध्यक्षको सरकारी सुविधा गरिब परिवारका बालबालिकाको शिक्षामा खर्च गर्नेछु- वडाध्यक्षका उम्मेदवार धर्मेन्द्र जेठारा

कञ्चनपुर, १८ बैशाख
पुनर्वास नगरपालिका ५ का माओवादी समाजवादी गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेका धर्मेन्द्र जेठाराले आफुलाई जनताले निर्वाचित गरेमा कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छ्न ।
आफ्नो वडाको विकास गरेर जनताको सेवा गर्ने मनसायले आफुले वडाध्यक्ष पदमा उम्मेदवारी दिएको तथा पदमा रहँदा प्राप्त हुने सरकारी सुविधा दलित,घरबार विहिन, विपन्न परिवारका बालबालिकाको छात्रवृत्तिका लागि खर्च गरीने बताए ।
माओवादीकै एजेन्डामा देश चलिरहेकाले ती एजेन्डाहरुको संस्थागत गर्न अब जनताले माओवादीलाई नेतृत्वमा पुर्याउनुपर्ने वडाध्यक्षका उम्मेदवार जेठाराको भनाई थियो ।

वर्तमान अवस्थामा देशमा प्रतिगमनकारी शक्तिहरु संगठित हुँदै गएकाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको उम्मेदवार जेठाराले बताए । देशमा लोकतन्त्र, धर्म निरपेक्षता, समावेशीता, संघीयता जस्ता उपलब्धिलाई जोगाउन गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउनुपर्ने वडाध्यक्षका उम्मेदवार जेठाराले जिकिर गरे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.