web analytics

बाँसगढीमा चित्तलको मासु भाग लगाउँदै गर्दा तीनजना पक्राउ !

वैशाख १७

बर्दिया /बर्दिया प्रहरीले जंगली चित्तलको मासु सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नम्बर -३ गौरीचोक बस्ने प्रेम बहादुर बिष्ट, भद्दु थारु र शिव प्रसाद थारु रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार बिहान करिब ५:४५ बजे केही व्यक्तिहरूले जंगलबाट चित्तलको चोरी शिकारी गरी बाँसगढी नगरपालिका वडा नम्बर -३ गौरीचोक नजिक मासु भागबन्डा गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

उक्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर र सब डिभिजन बन कार्यालय बाँसगढीबाट खटिएको संयुक्त टोलीले काटिएको चित्तलको अन्दाजी ५० किलो मासु सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनालाई आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय बाँसगढी बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रकाश सापकोटाकाले जानकारी दिनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.