पुनर्वास वडा नम्बर ४ का पुर्वअध्यक्ष प्रेम बस्नेतले सार्वजनिक गरे ५ बर्षको २० मुख्य काम
![](https://samacharbishes.com/images/2022/04/PhotoGrid_Plus_1651219782673-750x430.jpg)
पुनर्वास । पुनर्वास नगरपालिका वडा नम्बर ४ पुर्वअध्यक्ष प्रेम बस्नेतले आफ्नो ५ बर्षे कार्यकालको मुख्य २० काम फेसबुकमा शेयर गरेका छन । माओवादी र एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतले आफ्नो कार्यकाल निकै सफल भएको बताएका छन । अझै अधुरा रहेका निर्माणाधीन योजना र नयाँ योजना सम्पन्न गरि नमूना वडाका रुपमा स्थापित गर्न पुनः वडाअध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन । आफ्नो कार्यकालमा कसैले पनि अनावश्यक दु:ख पाउन नपरेकाले अझै एक कार्यकाल काम गर्न वडावासीको मागलाई सम्बोधन गर्न पनि पुनः अध्यक्षको उम्मेदवार दिएको उनको भनाई छ ।
मेरो ५ बर्षे कार्यकालमा भएका मुख्य २० काम !
१) सिचाइका लागि सहुलियत दरमा कृषि मिटर २९४ थान उपलब्ध गराउन सफल ! (प्रति युनिट रु ३.५० मात्र शुल्क लाग्ने)
२) कम भोल्टेललाई सुधार गरि सिंगो वडामा थ्रिफेज लाईन बिस्तार गर्न सफल !
३) पुनर्वासमा सबैभन्दा पहिला सडक बत्ती जडान गर्न सफल ।
४) वडाका सबै सुकुम्बासी बस्तीका सडकमा १० मिटर चौडा सडक विस्तार गर्दै ग्राभेल समेत गर्न सफल !
५) ठुला सिचाइका आयोजना अन्तर्गत ४ थान डिप-बोरिङ गराउन सफल !
६) वडाभर २९० थान समरसेबल बोरिङ गराउन सफल !
७) सीमा सुरक्षाका लागि २ वटा सशस्त्र प्रहरी स्थाई क्याम स्थापना गर्न सफल !
८) पुनर्वास नगरपालिकामै सबैभन्दा पहिले वडाकार्यालय निर्माण गरेर आफ्नै वडाभवनबाट सेवा दिन सफल ! पुनर्वासमै सबैभन्दा पहिला नाता प्रमाणित, मुजुल्का जस्ता सेवा वडावासीका घरघर पुर्याउन सफल !
९) आफ्नै वडामा स्वास्थ्य सेवा उपलब्ध गराउन सफल !
१०) सबैभन्दा धेरै विद्युत ट्रान्सर्फमर जडान भएको वडा बनाउन सफल !
११) अति विपन्न २६० परिवारलाई विद्युत मिटर निशुल्क उपलब्ध गराउन सफल !
१२) संघीय खानेपानी मन्त्रालयबाट एउटा खानेपानी ट्यङ्की निर्माण सफल ! ट्याङ्कीको पानी वितरणका लागि १६ करोड बजेट विनियोजन भई कार्यान्वयनको प्रक्रियामा लैजान सफल !
१३) प्रदेश सरकारसंगको समन्वयमा वडाभित्र दोस्रो खानेपानी ट्याङ्की ल्याउन सफल ! (निर्माण कार्य तिव्र गतिमा भईरहेको)
१४) काठमाडौको बाग्मती ढल परियोजना पछीको देशकै दोस्रो ठुलो योजना मानिएको ‘ढल निकास परियोजना’ संघीय खानेपानी मन्त्रालयसंगको समन्वयमा यस वडामा ल्याउन सफल ! सो योजना हाल तिव्रगतिमा काम भईरहेको छ ।
१५) प्रदेश सरकारसंगको समन्वयमा नगरपालिका कार्यालय देखि कोटिहोम मन्दिर सम्म कालोपत्रेको योजना ल्याउन सफल ! (ठेक्का भएर कार्यान्वयन प्रक्रियामा गएको)
१६) प्रदेश सरकारसंगको समन्वयमा जनकल्यण स्कुलदेखि लोहनी चोक सम्म कालोपत्रेको योजना ल्याउन सफल ! (ठेक्का भएर काम सुरु हुने प्रक्रियामा)
१७) लोहनी चोक देखि कोटेश्वर मन्दिर सम्म कालोपत्रे ! (ढल निकास आयोजना अन्तर्गत काम हुने प्रक्रियामा)
१८) वडाका ४० विपन्न घरपरिवारलाई खरको छाना विस्तापित गराउन जनही पचास हजार रुपैयाँ उपलब्ध गराउन सफल ।(सम्बन्धित व्यक्तिको बैंक खातामा रकम भुक्तानी गराईएको)
१९) सुकुम्बासी समस्या समाधानका लागि सुकुम्बासी जमिनको अस्थाई नाप-निस्सा वितरण गर्न सफल !
२०) शहिद गोविन्द गौतम स्मृति पार्क निर्माण गर्न सफल । (वडाको बजेटसंगै प्रदेश सरकारसंगको समन्वयमा निर्माण)
Comments are closed.