web analytics

पुर्वमन्त्री बिना मगरको पहलमा जनकल्याण मा.वि.मा चारकोठे भवन निर्माण गरीदै, संस्थापक अध्यक्ष चन्द्रबहादुर मगरद्वारा शिलान्यास

कञ्चनपुर /पूर्वमन्त्री बिना मगरको पहलमा पुनर्वास ३ स्थित जनकल्याण मा.वि.मा चारकोठे पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छत्तिस लाखको लागतमा बन्न लागेको उक्त पक्की भवनको संस्थापक अध्यक्ष चन्द्रबहादुर मगरले शुक्रबार शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रम पश्चात् छोटो मन्तव्य राख्नुहुँदै संस्थापक अध्यक्ष चन्द्रबहादुर मगरले विद्यालयको चौतर्फी विकासका लागि आफ्नो निरन्तर साथ, सहयोग र पहल हिजो पनि रहेको र भविष्यमा पनि रहिरहने बताउनुभयो ।
आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ भवन तीब्र रुपमा निर्माण कार्य गरीने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोलाम तामाङले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले नयाँ भवन बनेपछि विद्यालयलाई पठनपाठन कार्यका साथै परिक्षा केन्द्र सञ्चालनमा समेत सहज हुने बताउँदै भवनको बजेट पार्न सक्रिय भूमिका निभाउनुहुने पुर्व खानेपानी मन्त्री बिना मगर र संस्थापक अध्यक्ष चन्द्रबहादुर मगरलाई धन्यवाद दिनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.