web analytics

हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाण्डाै/आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय राजपत्रमा प्रकाशित भएकाे छ ।

सरकारले परीक्षणका रूपमा आउँदाे जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएकाे हाे ।

याे बिदा लागू भएसँगै साेमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसाे साढे ४ बजेसम्म हुनेछ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.