web analytics

सुदूरपश्चिममा नेकपा एमाले अगाडी

धनगढी/स्थानीय निर्वाचन २०७९ मा सुदुरपश्चिमका ८८ वटा पालिका मध्ये २५ पालिकामा एमालेले अगाडी देखिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अगाडी देखिएको हो। यस्तै काँग्रेस ९ र माओवादी केन्द्र ५ पालिकामा अगाडी देखिएको छ।
डोटीको बोगटान फुडसिल, जोरायल बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ।
यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, कैलालीको गोदावरी र कैलारी, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, कञ्चनपुरको लालझाडी,डोटीको बडिकेदारमा नेपाली काँग्रेसले अग्रता लिएको छ।
माओवादी केन्द्रले डडेल्धुराको पशुराम, कञ्चनपुरको बेलौरी, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको छ ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.