दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको जहाज
कञ्चनपुर— हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् ।
यसबारेमा थप विवरण आउन बाँकी छ ।




Comments are closed.