सरकारी कर्मचारीको तलब पन्ध्र प्रतिशत वृद्धि
काठमाडौं/सरकारले राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिए।
निजामती, सेना, प्रहरी, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीलाई उत्प्रेरित गरी सेवाभाव उच्च राख्न विद्यमान महँगी भत्ता कायम राखी तलब वृद्धि गरिएको हो। सो तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ।
तलब बढेसँगै कर्मचारीहरुको तलब ३४ सय देखि १० हजार रुपैँयासम्म वृद्धि भएको छ। खरदारको तलबमा ४२ सय रुपैँया वृद्धि हुँदा मुख्य सचिवको तलब दस हजारसम्म वृद्धि हुने छ।



Comments are closed.