web analytics

पुनर्वासमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगरस्तरिय प्रथम भेला सम्पन्न

युवराज सुयलको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन

कञ्चनपुर/१८ जेठ
पुनर्वासमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगरस्तरिय प्रथम भेला सम्पन्न भएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुर जिल्ला सदस्य तथा पुनर्वास नगर ईञ्चार्ज टेक बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त भेलाले युवराज सुयलको अध्यक्षतामा २५ सदस्यीय नगर समिती गठन गरेको छ । त्यसैगरी उपाध्यक्षमा ईश्वर बुढा,महिला उपाध्यक्षमा सुकुमाया तामाङ, सचिवमा शम्सेर बहादुर तामाङ, कोषाध्यक्षमा भक्त बहादुर बोहरा र सहसचिवमा भानदेव भट्ट लगायतका व्यक्तिहरु पदाधिकारीमा चयन हुनुभएको छ। त्यस अवसरमा केन्द्रिय सदस्य फुलमाया तामाङ, कञ्चनपुर जिल्ला अध्यक्ष रामनारायण कंडेल, जिल्ला उपाध्यक्ष लाल बहादुर शाही, केन्द्रिय प्रतिनिधि डिल्ली शर्मा, केन्द्रिय प्रतिनिधि माधव पोख्रेल लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.