लालझाडी गाउँपालिकाको बाह्रौं गाउँसभा सम्पन्न
लालझाडी/ कञ्चनपुरको लालझाडी गाउँपालिकाको बाह्रौ गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/०८० को नीती तथा कार्यक्रम तथा बजेट पास गर्दै शुक्रबार गाउँसभा सम्पन्न भएको हो । लालझाडी गाउँपालिकाका गाउँ प्रमुख निर्मल रानाले निती तथा कार्यक्रम प्रस्तुत गर्दै नदी कटानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको योजना अघि सारेका छन् ।
यस क्षेत्रका जनता मुख्य पेशा कृषि भएकाले कृषि क्षेत्रमा विशेष योजना अघि सारेका हुन । लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले ५३ करोड ८३ लाख १० हजार बराबरको बजेट प्रस्तुत गरेकी छन् । उपाध्यक्ष रानाले चालु खर्च ३१ करोड ५४ लाख ७७ हजार र पूजीगत खर्चतर्फ २२ करोड २८ लाख ३३ हजार प्रस्तुत गरेकी हुन ।



Comments are closed.