web analytics

कञ्चनपुर दक्षिणी क्षेत्रका चार पालिकाहरुको नगर तथा गाउँ सभा सम्पन्न

कञ्चनपुर/कञ्चपुर दक्षिणी क्षेत्रका पालिकाहरु पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीले शुक्रबार नगर सभा तथा गाउँ सभा सम्पन्न गरेका छन ।
पुनर्वास नगरपालिकाले पनि शिक्षा,
स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई
प्राथमिकता दिएको छ । अव्यवस्थित
बसोबासीको व्यवस्थापनका लागि यथासिघ्र लालपुर्जा वितरण, विद्युतिय
उपकरणको प्रयोग गरि सिचाइँ गर्न विद्युतमा देखिएको न्यून भोल्टेज र बारम्बार विजुली जाने समस्या न्यूनीकरण, शिक्षा क्षेत्रमा सुधार ल्याउन दरबन्दीको व्यवस्था र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था साथै निजिश्रोतका शिक्षक तथा कर्मचारी हरुको समस्यालाई प्राथमिकतामा राख्ने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन तत्कालै १५ सैयाको अस्पताल सञ्चालनमा ल्याउने कुरालाई प्राथमिकतामा राखिएको पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले बताए । यसका लागि पुनर्वास नगरपालिकाले ७७ करोड २४ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
त्यसैगरी बेलौरी नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ८८ करोड भन्दा बढी बजेट ल्याएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा बृद्धबृद्धाको हरेक महिना स्वास्थ्य परीक्षण, गर्भवती महिलाहरुलाई पोषणयुक्त खानेकुरा,
स्वास्थ्य शिविर सञ्चालन गरि रोगको पहिचान गरि उपचार, एक वडा एक कृषि मिटर वितरणका कार्यक्रम समेटिएको उपमेयर जोगराम चौधरीले बताए ।
लालझाडी गाउँपालिकाले नदी कटानी
नियन्त्रण र सडक निर्माणलाई प्राथमिकता दिएको छ । गाउँपालिकामा अहिलेसम्म यातायात सेवा नपुगेकाले सडक निर्माणलगायत पूर्वाधारमा प्राथमिकता दिइएको गाउँपालिका उपाध्यक्ष सपना चौधरीले बताइन् ।
उनका अनुसार गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब स्थापना, निशुल्क सेवा, कृषिमा आधुनिकीकरण र पशु सेवा निशुल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले ५३ करोड ८३ लाख १० हजार बजेट ल्याएको छ ।
त्यसैगरी बेलडाँडी गाउँपालिकाको गाउँसभा पनि शुक्रबार नै सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख ७८ हजार ४ सय ५८ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
विज्ञान विद्यालय संचालन, बहुप्राविधिक शिक्षालय स्थापनादेखि भूमिहिन,सुकुमबासी, आरक्षपीडितलाई जमिन दिलाउँदै लालपुर्जा वितरणको योजनाअघि सारेको छ । बेलडाँडीको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक, साँस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण प्रंर्बद्धन गरिने कुरा समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्तरगत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३० यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाँउभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५०प्रतिशत छुट दिईने, जनतासंग विपी कार्यक्रम, स्वास्थ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधारमा विस्तार गर्ने योजना अघि सारेको छ । सार्वजनिक पद धारणा गरेका पदाधिकारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय भर्ना गर्ने नीति अबलम्बन गरिने बताईएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.