web analytics

लाठी प्रहारगरि बीभत्स हत्या, आशंकामा ४जना पक्राउ !

 

असार १३

बाके/बैजनाथ गाउँपालिकाका वडा नंवर ६ बस्ने ३० वर्षिय मिलन भन्ने दीक्षित खड्का को हत्या भएको छ ।

सोमबार बिहान अन्दाजी २ बजेको समयमा बैजनाथ गाँउपालिका वडा नं ४ एल. बी. चौक स्थित खड्काको हत्या भएको हो ।

मृतक खड्कालाई ४ युवकले कुटपिट गरी सख्त घाइते बनाएकोमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार पश्चात् थप उपचारका लागि वीर अस्पताल लगिएकोमा दिउँसो २ बजे मृत्यु भएको कोहलपुर ईलाका कार्यालय प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भयो ।

उनको हत्या आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले ४ जनालाई पक्राऊ गरिएको डिएसपी मल्लले जानकारी दिनुभयो ।

पक्राऊ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं ३ बस्ने सुन्दर शाही, पुर्ण बुढामगर, खगेन्द्र थापा मगर, वडा नं ४ बस्ने गोविन्द बि.क.रहेका छन ।

आईतबार राति बैजनाथ ३ बस्ने पदम सुनारको घरमा बर्थ डे पार्टीमा सहभागी भएका र सोही राती गाउँकै अनुसा कटेजमा गई मादक पदार्थ सेवन गरी पुन बर्थडे पार्टीमा गई नाचगान गरी पश्चात घर फर्कने क्रममा हातमा बासको भाटालिई एल बि. चोकमा मृतक खड्का संग भेट भएको थियो । सोही क्रममा मृतक खड्काले बसपार्क जाने बाटो सोध्दा उनीहरू वीचमा वादविवाद सुरु भएको डिएसपी मल्लले बताउनुभयो।

उक्त विवाद बीच उक्त टोलीले मृतक खड्काको लाई धक्कल पक्कल भूईमा लडाई लाठी लगायतले टाउकोमा प्रहर गरी सख्त घाइते बनाएका थिए ।

मृतक खड्कालाई घाइते बनाई चार जनाले घटनास्थलवाट बोकी सडकको बीच भागमा राखी आ-आफ्नो घर गई सुतेको डिएसपी मल्लले बताउनुभयो।

इप्रका बाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न मानसिहरुको पहिचान गर्ने क्रममा शंकास्पद व्यक्तिहरुले वारदातको समयमा लगाएका कपडाहरुमा रगत लागी धोई पखाली सुकाएको अवस्थामा फेला पारी शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिई अनुसनधान गर्ने क्रममा उनीहरू नै संलग्न रहेको खुल्न आएपछि थप कानुनी प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.