web analytics

आबेको निधनमा भोलि राष्ट्रिय शोक मनाइने

काठमाडौं/जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा शनिबार (भोलि) राष्ट्रिय शोक मनाउने निर्णय गरेको एक  मन्त्रीले जानकारी दिए । सरकारले आबेको हत्यालाई निन्दनीय भन्दै भर्त्सना पनि गरेको छ ।

शुक्रबार बिहान गोली प्रहारबाट घाइते भएका आबेको उपचारका क्रममा आजै निधन भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.