web analytics

प्रेममा बाधा पुर्‍याउने बुवालाई मार्न छोरीले दिईन हत्यारालाई हिराको औंठी

प्रेम चक्करमा सफल हुन मान्छेले कतिसम्म गर्न सक्छन् ? प्रेमका लागि छोरीले आफ्नै जन्मदाता बुवाको हत्या गराउन सक्छ ? पत्याउन गाह्रो गर्छ तर भारतको झारखण्डस्थित सरायकेलामा यस्तै घटना भएको छ ।देशभर चर्चित बनेको व्यवसायी कन्हैया सिंहको हत्यामा उनकै छोरी अपर्णाको हात रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुवाको हत्या गराउन अपर्णाले हत्यारालाई हिराको औंठी दिएको समेत अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका एसपी आनन्द प्रकाश र एसआईटी टीमका अध्यक्ष हरविन्दर सिंहका अनुसार कन्हैयाको हत्या प्रेममा अड्चन गरेका कारण भएको छ ।

कन्हैयाले अपर्णाका प्रेमी राजवीर सिंहको परिवारलाई दुःख दिने काम गरेका थिए । कन्हैयाका आतंकका कारण राजवीरको परिवारले आदित्यपुर भाग्नुपरेको थियो ।

कन्हैयाको हत्याको सूत्रधार उनकै छोरी रहेको र बुवा रहेको ठाउँ, छिनछिनको जानकारी हत्यारासम्म पुर्‍याउने काम छोरीले नै गरेको प्रहरीको दाबी छ ।

राजवीर र अपर्णाको प्रेम ५ वर्ष पुरानो हो । त्यतिबेला राजवीर १० र अपर्णा ८ कक्षामा पढ्थे । प्रेमबारे बुवा कन्हैयाले थाहा पाएपछि राजवीरसहित पूरै परिवारमाथि कुटपिट गरिएको थियो । त्यसपछि राजवीरको परिवारले गाउँ छाड्नुपरेको थियो ।

कन्हैयालाई मार्न हत्यारा निखिल गुप्तालाई राजवीरले ६ हजार रुपैयाँ र अपर्णाले हिराको औंठी दिएका थिए । अरु पैसा हत्यापछि दिने सहमति भएको जनाइएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.