web analytics

आफुसंग जनताको साथ र पार्टीको विश्वास रहे पार्टीलाई जिताएर देखाउनेछु-नेता पातल

-लाल बहादुर एस.के.
पुनर्वास, भदौ २० ।

नेकपा एमालेका वरिष्ठ नेता वीर बहादुर थापा (पातल)ले आफुसंग जनताको साथ र पार्टीको विश्वास रहे पार्टीलाई जिताएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिमेलीहरुकाे माैलिक पर्व गाैरा पर्वकाे अवसरमा पुनर्वास २ माेतिबस्ती स्थित सिद्धनाथ मन्दिरले सोमबार आयाेजना गरेकाे देउडा कार्यक्रममा बोल्दै नेता पातलले सो कुरा बताउनुभएको हो ।
गाैरा पर्वकाे समापन कार्यक्रममा बाेल्दै नेकपा एमाले पार्टीका नेता पातलले सबै जातजाति र समुदायको कला संस्कृतिकाे सबैले सम्मान गर्नु पर्ने बताउनु भयाे ।
सो अवसरमा सुदूरपश्चिमेलीहरुकाे कला संस्कृति झल्काउने विभिन्न संस्कृतिक कार्यक्रम गरिकाे थियो । विगतका वर्ष कोरोना महामारीका कारण कार्यक्रम नभएता पनि यसवर्ष धुमधामका साथ कार्यक्रमकाे आयाेजना गरिएकाे मन्दिर समितिका अध्यक्ष रामसिँह बिष्टले बताउनु भयो ।
नेता पातललाई निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उमेदवारका लागि नेकपा एमालेले सिफारिस गरेकाे छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Below Article Content Ads

Comments are closed.