कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस
कञ्चनपुर/ नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ ।
बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी संसद बिना मगरको एक नाम सिफारिस गरेको हो ।
नेकपा माअोवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिमिल्सेनाले क्षेत्र १ बाट संघीय उम्मेदवारका लागि मगरको नाम सर्वसम्मतबाट सिफारिस गरिएको बताए । माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधान सभा सदस्यमा पराजित भएकी थिईन । ०७४मा आफ्ना निकटतमप्रतिद्वन्दी काँग्रेसका उम्मेदवार दिवानसिह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिईन । संसद निर्वाचित भएसंगै खानेपानीमन्त्री भएकी मगर यस पटक पनि निर्वाचित भएसंगै मन्त्रीकै रुपमा हेरिएको छ । भारतसंग सीमा जोडिएको, विकासका दृष्ट्रिकोणले पछाडी परेको क्षेत्र भएकाले क्षेत्र १ को समृद्धिका लागि मगरलाई अघि सारिएको माओवादी केन्द्रका स्थानीय नेताहरुले बताएका छन । यस पटक काँग्रेसग गठबन्धन हुने भएपछि मगरलाई बलिया उम्मेदवारकै रुपमा हेरिएको छ । काँग्रेस नेताहरुले संघमा माओवादीले पाए प्रदेशका काँग्रेसले पाउने दावि गरेका छन ।
सिफारिसमा परेका अन्य व्यक्तिहरुको नाम यसप्रकार रहेको छ
संघीय प्रतिनिधि सभा
(प्रत्यक्ष तर्फ)
१) बिना मगर
(समानुपातिक तर्फ)
१)गोपाल काफले
२)सीता बि.क.
३)राम बहादुर देवकर
प्रदेश सभा
(प्रत्यक्ष तर्फ)
१)कंचन गिरी
२)दिपक तिमल्सेना
३)दिपक बि.सि.
४)भक्त राना
५ )लोकेन्द्र लमसाल
(समानुपातिक तर्फ)
१)कृष्ण प्रसाद पण्डीत
२)बिरबल बिश्वकर्मा
३)पदम परियार
४)फुल्लन राना
५)भागुराम चौधरी
६)रिता बि.क.




Comments are closed.