पुनर्वासको सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु
कञ्चनपुर/पुनर्वासको सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
आईतबार दिउँसो माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर पुनर्वास ५ सिमरी गाउँ निवासी बलराम रानाकी छोरी १६ वर्षिय प्रेमवती रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । मृतक बालिकाको शव स्थानीय र प्रहरीको संयुक्त प्रयासमा खोलाबाट निकालिएको थियोे । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।



Comments are closed.