लालझाडीका डुबान प्रभावितकाे बिचल्ली, गाउँपालिकाले बेवास्ता गरेकाे गुनासाे
-लाल बहादुर एस.के.।
लालझाडी, असाेज ०१ ।
दुई दिन देखिकाे अबिरल बर्षाका कारण दाेदा नदीमा अाएकाे बाढी गाउँमा पस्दा लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेका छन । स्थानिय निकायले उनीहरुकाे खाने र बस्ने ब्यवस्थापन नगरिदिदा बिचल्लीमा परेका छन ।
घर भित्र पानि पसेर पानि र हिलाे जमेका कारण बस्न सकिने अवस्था नरहेकाे स्थानियले गुनासाे गरेका छन । तत्कालका लागि सुख्खा खाना र शुद्ध पानीकाे मात्र ब्यवस्थापन गरिदिए केहि हद सम्म राहत हुने एक स्थानीय श्रीकृष्ण रानाले जानकारी गराउनु भयाे । लालझाडीमा १, २, ३, ४ र ५ नम्बर वडामा बाढीले ठुलाे क्षती गरेकाे छ ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले तत्काल खान बस्नकाे कुनै ब्यवस्था गर्न नसकिएकाे बताउनु भयाे । अाईतवार मात्र बाढी प्रभावितकाे घर सम्म जान सकिने पालिका अध्यक्ष बताउछन । लालझाडीमा सबभन्दा बढी बाढी प्रभावित वडा ३ नं. वडा रहेता पनि वडाध्यक्षले बेवास्ता गरेकाे स्थानियकाे गुनासाे छ । लालझाडी ३ का वडाध्यक्ष टिकाराम डँगाैरा भने अाफु सँग तथ्याङ्क समेत नरहेकाे बताउनु भयाे । वडाध्यक्ष डँगाैरा नेकपा माअाेवादी बाट दाेश्राे पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
स्थानिय अहिले खाना र बस्ने ब्यवस्थाकाे पर्खाईमा छन । तर स्थानिय निकायकाे लाचारीपनका कारण बाढी पिडित झन पिडित हुनु परेकाे पुर्व पालिका अध्यक्ष मदन सेन बडायक बताउनुहुन्छ । जनताले विस्वासका साथ अमूल्य मत दिएर चुनावका बेला मतदान गरि विजयी गराएकाे तर अहिले विपद परेका बेला जनताकाे दुख बुझ्न समेत कुनै जनप्रतिनिधि नआएकाे अर्का स्थानिय प्रकाश रानाले दुखेसाे पाेख्नु भयाे । गाउँपालिका उपाध्यक्ष सपना चाैधरी रानाले लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेता पनि राहतका कुनै पनि काम गर्न नसकिएकाे जानकारी गराउनु भयाे ।
पुनर्वास नगरपालिकामा भने बाढी प्रभावितका लागि खाद्यान्न उपलब्ध गराएकाे छ । बस्नका लागि सिमरी स्थित भिमसेन बाबा सत्सँग भवनमा ब्यवस्था गरिएकाे स्थानिय विपद ब्यवस्थापन समितिका सँयाेजक तिर्थराज रानाले जानकारी गराउनु भयाे । पुनर्वासमा ११८ घर धुरी डुबानमा परेका छन ।



Comments are closed.