बेलौरी ५ नम्बर वडाद्वारा आलुको बीउ वितरण
-लाल बहादुर एस.के.
बेलाैरी,कार्तिक ०९ ।
कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे ५ नं. वडा कार्यालयले किसानलाई बुधवार आलुकाे बिऊ वितरण गरेको छ ।
कृषि शाखा बेलाैरीकाे ५०% अनुदान कार्यक्रम मार्फत कृषि समूहमा आवद्ध किसानलाई आलुकाे बिऊ वितरण गरेको हाे । ३६ वटा कृषक समुहले आलुकाे बिऊ पाएका छन । देउराली आई पि. यम. गोचाली कृषि समूह,गुराँस कृषक समूह,रामनगर उखु उत्पादक कृषक समूह,शोभाताल कृषक समूह, ज्योति कृषि समुह लगायतका कृषक समुहलाई ४९८ बोरा आलुको बीउ वितरण गरिएकाे छ ।
देउराली कृषि समूहले ३१ बोरा पाएको छ भने अन्य कृषक समूहले मागअनुसार पाएको छ । नेपालीहरूको महान चाड पर्व शुभ-दिपावलीको समयमा पनि वडा नम्बर ५ का जनप्रतिनिधिहरुले आफ्नो वडामा गर्ने काम क्रियाकलाप निरन्तर रुपमा अगाडि बढाएको छ । विदाको समयमा पनि कृषकहरुकाे मागलाई सम्बोधन गर्दै अहिले तरकारी खेती लगाउने समय भएकोले बिउबिजन वितरणलाई निरन्तरता दिएको वडा अध्यक्ष लालबहादुर चौधरीले बताए । कार्यक्रममा बेलौरी नगरपालिकाको मेयर पाेतीलाल चौधरीको समेत विशेष उपस्थिति रहेको थियो । त्यसैगरी गाउँका बुद्धिजीवी शिक्षाप्रेमी समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो । आफुले वडामा जनप्रतिनिधि भइसकेपछि वडाका काम कारवाहीहरु अगाडि बढाउने प्रतिवद्धता गरे अनुसार काम गरिरहेकाे वडाध्यक्ष चाैधरीले बताए ।
Comments are closed.