web analytics

भारतमा जिलेटिन विस्फोट गराउँदा नेपालमा बालकको मृत्यु

दार्चुला /भारतमा जिलेटिन विस्फोट गराउँदा नेपालमा बालकको मृत्यु भएको छ ।
भारततर्फ पहरा फुटाउन जिलेटिन बिष्फोट त्यहाँबाट उछिट्टिएर आएको ढुंगाले लागेर एक जना बालकको शुक्रवार मृत्यु भएको छ।

दार्चुलाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको मृत्यु भएको हो।

भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लाग्दा महराको घटनास्थलमै मृत्यु भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले ढुंगाले लागेर बालकको मृत्यु भएको जानकारी आएको तर त्यो ढुंगा पारिबाट आएको हो वा होइन त्यसबारे अनुसन्धानपछि थाहाँ हुने बताए।

‘घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ पठाएका छौँ,’ उनले भने, ‘त्यसपछि बिस्तृतमा भन्न सकिएला।’ यहाँ नेपाल र भारतलाई महाकाली नदीले छुट्टयाएको छ।

गाउँपालिका अध्यक्ष धामीका अनुसार तिहार विदा सक्काएर दुम्लिङस्थित विद्यालयतर्फ आउदै गर्दा बालकको मृत्यु भएको हो।

‘बालकका आफन्तसँग सम्पर्क भएको छ। घटनास्थल टाढा भएकाले थप जानकारी आउन समय लाग्ला,’ उनले भने। यो घटनामा केही स्थानीय पनि घाइते भएका छन्।

केही साताअघि पनि भारतबाट आएको ढुंगा लागेर नेपालतर्फ बाटो मर्मत गरिरहेका केही स्थानीय घाइते भएका थिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.