निर्वाचनमा सार्वजनिक विदा हुने

काठमाडौ /प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सार्वजनिक विदा हुने भएको छ । यहि मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य
तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण
संस्था/ विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने नेपाल सरकारद्वारा निर्णय भएको सूचनामा जनाईएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरीत सूचनामा सो कुरा जनाईएको छ ।
Comments are closed.