गठबन्धनकी उम्मेदवार वीना मगर करिव दोब्बर मतअन्तरले पछाडी, एमालेका तारालामाको अग्रता
कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर एकमा एमालेका उम्मेदवार तारालामा तामाङले फराकिलो अग्रता लिएका छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी वीना मगरलाई भारी मतान्तर सहित तामाङले अग्रता लिएका छन । एमालेका तारालामाले २९१७ मत प्राप्त गर्दा वीना मगरले १५७५ मत प्राप्त गरेकी छन ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट वीना मगर प्रतिनिधि सभा र तारालामा प्रदेश सभासदस्य पदका उम्मेदवार थिए । बामगठबन्धनका कारण सहज जित निकालेका यी दुबै यसपालि आमुन्नेसामुन्ने भएका हुन ।

वीना मगर संघीय सरकारको मन्त्री हुँदा तारालामा प्रदेश सरकारको मन्त्री बनेका थिए । मगर ३ बर्ष मन्त्री हुँदा आफ्नो क्षेत्रको विकासमा कुनै चासो नदिएको व्यापक जनगुनासो छभने एमालेबाट बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टी तिर लागेर ६ महिना मन्त्री बन्न पाएका लामाले छोटो समयमा नै धेरै योजना ल्याउन सकेको भनी प्रसंसा भएको छ । तथापि प्रदेश सरकारबाट प्राप्त बजेट र योजना आफ्नो निर्देशनमा आएको वीना मगरको दाबी छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले २७५, राप्रपाका दिल्ली बहादुर शाही १८१, स्वतन्त्र पार्टीका उम्मेदवार देवराज जोशीले ११८, स्वतन्त्र उम्मेदवार जगत सायरले २३, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामकिसन राना १७, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नन्दादेवि जोशी ४, एमालेका तर्फबाट बागी उठेक स्वतन्त्र उम्मेदवार खेम सुवेदी २ र स्वतन्त्र उम्मेदवार हरिनादेवी भट्टले १ मत प्राप्त गरेका छन ।




Comments are closed.