को को भए सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फबाट एमाले र माओवादीका सांसद
धनगढी/नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठककाअनुसार खस आर्यबाट स्वयंम उनीसहितका ७ जनाको नाम टुंगो लागेको हो । उनका अनुसार कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की सूचीमा परेका छन्।
प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले पनी सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। माओवादी केन्दको बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो।
जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिलातर्फबाट गितादेवी माल र जानकी कुँवर पौडेल सूचीमा परेका छन्।



Comments are closed.