web analytics

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा, खानेपानी मन्त्री खानले उद्घाटन गर्ने !

 

माघ१९

कृष्ण बा बुढा

बर्दिया/बर्दियाको बाँसगढीमा हुने पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । भोली माघ २० गते शुक्रबार देखी सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो । रनिङ शिल्ड सञ्चालनका लागि आवश्यक खेल मैदान, गेट निर्माण लगायत सबै तयारी पुरा भएको रनिङ शिल्ड प्रतियोगिता मुल आयोजक समितिका सदस्य सचिव तथा रामजानकी मावि भैसासुरका प्रधानाध्यापक नारायण प्रसाद शर्माले जानकारी दिनु भयो । बाँसगढी नगरपालिकाको आयोजना र राम जानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा नगर स्तरीय खेल मैदान रिहारपुरमा प्रतियोगिता सञ्चालन हुने छ ।

माघ २० गते शुक्रबार देखी सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले गर्ने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले बताउनु भयो । प्रगियोगिताको झाँकी सहितको बृहत र्यालीका साथ शुक्रबार बिहान ११ बजे देखी उद्घाटन कार्यक्रम सञ्चालन हुने नगर प्रमुख खड्काले बताउनु भयो ।

रनिङ्ग शिल्ड प्रतियोगितामा नगर भित्रका ३२ वटा मावि र आधारभुत विद्यालयले सहभागिता जनाउने छन् । प्रतियोगितामा माध्यमिक विद्यालय छात्र छात्रा दुबै तर्फ एथलेटिक्स, भलिवल, कबड्डी, मार्सलआर्ट विद्यामा खेल हुने छन भने आधारभुत विद्यालय तर्फ १ सय मिट दौड, २ सय मिटर दौड, सटफुट र लम्जङ्ग तर्फका खेल हुने छन । यहि माघ १३ गते देखी हुने भनिएको रनिङ शिल्ड प्रतियोगिता खराब मौषमका कारण स्थगित गरिएको थियो ।

स्थगित गरिएको रनिङ शिल्ड पुनः सञ्चालनको लागि सरोकारवालाहरुको बैठकबाट माघ २० देखी २४ गते सम्म सञ्चालन गर्ने निर्णयका साथ सबै तयारी गरिएको मुल आयोजक समितिले जनाएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.