बेलौरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कञ्चनपुर,२० माघ ।
बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। शुक्रवार बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालय नजिक सु.प.प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकल दुर्घटना भएको जानकारी इलाका प्रहरी कार्यालय बेलौरीले दिएको छ। बाइक मा सवार २ जना मध्ये बे.न.पा ६ बर्ष २३ को अमर चौधरी चालकको मृत्यु भएको छ । भने मोटरसाइकलमा सवार ३० बर्षका करन चौधरी घाइते भएका छन्। बेलौरीको इसान मेमोरियल अस्पतालमा उपचार सम्भाव नभए पछि घाइते चौधरीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Comments are closed.