पुनर्वासको जनता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी ) तर्फबाट अध्यक्षमा मनोज साउदको उम्मेदवारी
कञ्चनपुर, ३० फागुन ।
पुनर्वासको जनता बहुमुखी क्याम्पसमा आगामी चैत ५ मा हुन गईरहेको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी ) तर्फबाट अध्यक्षमा मनोज साउदको उम्मेदवारी परेको छ । त्यसैगरी सचीव पदका लागी अस्मिता पौडेल उम्मेदवारी परेको छ ।
अखिल (क्रान्तिकारी ) ले एमाले निकट अनेरास्ववियु र काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघको गठबन्धन विरुद्ध आफ्नो एकलो उम्मेद्बारी दिएको छ।
अखिल (क्रान्तिकारी )संगठनका केन्द्रिय सदस्य यादवसिंहले क्याम्पसको शैक्षिक सुधारको निम्ति पार्टी भन्दा माथी उठेर क्याम्पसका विद्यार्थीले क्रान्तिकारीका उमेदवारहरुलाई मत हाल्ने र क्याम्पसमा आफूहरु गठबन्धन भन्दा बलियो भएको दाबी गर्नुभएको छ।
आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचन मा जनता बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी ) का सम्पूर्ण उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ ।
अध्यक्ष-मनोज साउद
सचिव-अस्मिता पौडेल
कोषाध्यक्ष-गंगा थापा
सदस्य -सुरेस भुल
सदस्य -सागर बिक
सदस्य -सुस्मिता गुरुङ
सदस्य -मन्जु साउद
सदस्य – रमेश चाैधरी



Comments are closed.