web analytics

यूएईलाई ९ रनले हराउँदै विश्वकपको क्वालिफायरमा नेपाल

काठमाडौ ।  आज भएको खेलमा नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । पूरा ओभर खेल हुन नसकेपछि यूएईलाई डीएल मेथोडमा पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको हो । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.