web analytics

पुनर्वासमा आयोजित सातौ लालझाडी कप फुटवल प्रतियोगिताको उपाधी सयुक्तले उचाल्यो

-लाल बहादुर एस के
कञ्चनपुर,१चैत।
मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार भानु युवा क्लब र संयुक्त युवा क्लबबीच भएको छ । फागुन २० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत १ गते सम्पन्न भएको छ ।

सोमबार सम्पन्न दोस्रो सेमिफाइन खेलमा संयुक्त युवा क्लबले सद्धार्थ युवा क्लबलाई ५-३ को अन्तर हराउँदै फाइनको यात्रा तय गरेको हो । यस अघि आइतबार सम्पन्न पहिलो सेमिफाइन खेलमा भानु क्लबले दशरथ युवा क्लबलाई २-० ले पराजित गर्दै फाइनलमा पुगिसकेको थियो । कञ्चनपुरकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिताको उपाधिका लागि भानु युवा क्लब र संयुक्त युवा क्लबबीच भिड्न्तका साथ खेल घम्साघम्सी भएको थियो । खेलको पहिलो शुरुवातमा बराबरीमा खेल चलिरहेको थियो । खेल मध्यान्तर पछिको समयमा संयुक्त युवा क्लबलेआफ्नो टीमको लागि एक गोल गरेको थियो । भानु युवा क्लबका विरुद्ध १ गोलले विजयी भएको थियो । भानु युवा क्लबको तर्फबाट अन्तिमसम्म पनि निकै प्रयास रहेको थियो तर आफ्नो टिमको लागि गोल गर्न भने सकेको थिएन।
१६ टीमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफीसहित सयुक्त युवा क्लब बिजयी भएको छ भने द्वितीय हातपार्न सफल भानु युवा क्लब रहेको छ । नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाएको थियो । आयोजक लालझाडी युवा क्लब ११ का महासचिव हर्क दानपालीले जानकारी दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अथिति माननीय तारा लामा तामाङ रहनुभएको थियो भने प्रमुख अतिथिको आसनबाट बोल्दै बिजेता उपबिजेता दुवै टिमलाई शुभकामना दिँदै तामाङले आफ्नो क्षेत्रमा चारवटै पालिकामा विभिन्न पालिकामा एउटा एउटा ठूला ठूला योजनाहरु को काम थालनी गर्नुपर्ने र यस क्षेत्रबाट निकै खेलकुदमा महत्वपूर्ण भूमिका र मेहनतका साथ खेलाडीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनु पर्ने र खेलाडीहरुलाई सरकारको तर्फबाट गर्नुपर्ने भूमिका खेल्ने प्रतिबद्ध समेत गर्नुभएको थियो ।आगामी दिनहरुमा यो खेल क्षेत्रमा आफूले गर्नुपर्ने के कस्ता कामहरु छन् । ती कामहरुमा कुनै किसिमको राजनीतिक पूर्वाग्रही नरही सबै मिलेर जाने समेत बताउनुभएको थियो ।
पुनर्वास नगरपालिका मेयर कार्यक्रमका बिशिष्ट अथिति आसनबाट बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले आफ्नो यस कञ्चनपुरको दक्षिणी पुनर्वास विगत लामो समयदेखि फुटबल र निकै रुची रहेको र खेलाडीहरुपनि उत्पादन भएका तर तीन तहको सरकार रहदा पनि खेलाडीहरूको अहिलेसम्म कुनै राम्रो संरक्षण नभएको आउँदा दिनहरुमा यसक्षेत्रका माननीयहरु सँग छलफल गरी खेल क्षेत्रमा के कस्ता कामहरु गर्न सकिन्छ हामी एकजुट भएर जानुपर्छ भनाईका साथ कार्यक्रम सफलताको सुभकामना सहित दिनुभएको छ ।

त्यस्तै कार्यक्रमका सभापति लालझाडी युवा क्लव११का अध्यक्षसमेत रहनुभएका काशीराम बोहराले आगामी दिनहरुमा पनि खेल क्षेत्रलाई निरन्तरता दिने र आफूबाट हुने खेल क्षेत्रमा भौतिक संरचना देखि खेलमैदानमा र खेलकुदका सामग्री मा खेलाडीहरु उत्पादनमा आफ्नो भूमिका रहने समेत बताउनुभएको छ ।
लालझाडी युवा क्लब११का खेल संयोजक समेत रहनुभएका अमित विकले सातौं लालझाडी फुटबल प्रतियोगिता लाई सफल पार्न आउनुभएका खेलप्रेमी बुद्धिजीवी शिक्षाप्रेमी वडाबासी सम्पूर्ण जनताहरुलाई यस खेलमा सहयोग गरिदिनु भएकोमा सम्पूर्ण लाई धन्यवाद र स्वागत गर्दै दुबै टिमलाई सफलताको शुभकामना समेत दिनुभएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.