web analytics

बासँगढि नगर सरकारले २३ जना नगर शिक्षक विस्थापित गरेको मा विभिन्न सघ सगठन को विरोध !

 

वैशाख २

बर्दिया/बासँगढि नगरपालिकाले कम्प्यूटर तथा गणित विज्ञान् शिक्षकलाई विस्थापित गरेको र निज विस्थापित शिक्षक लाई हाजिर नगराउन परिपत्रजारि गरिए पछि सो को विरोधमा बाँसगढी युवा मन्च ,पेशागत शिक्षक महासङघ बासगढि,सामुदायिक विधालय व्यवस्थापन समिति महासघ नेपाल बासगढि नगर समिति लगाएत ले एक प्रेस विज्ञप्ती निकालेर आजको आईसिटिको समयमा पनि बाँसगढी नगरपालिकाले कम्प्यूटर विषयलाई विस्थापित गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको र विगत वर्ष सम्म योग्य भएको तर आज आएर कसरि अयोग्ग भए र विगत देखि तलब दिने निकाए माथि समेत प्रश्न उठन लागेको छ ।भर्ना अभियानमा भर्ना अभियान को बेला मा आएर सामुदायिक विधालय मा भर्ना अभियान समेत प्रभावित हुने देखिन्छ तसर्थ वेलैमा समन्धित निकाएले समस्याको समाधान गर्न जरुरि छ ।

कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम मेरो बाँसगढी राखेर कक्षा ६ भन्दा माथिका कक्षाहरुमा कम्प्यूटर विषय राख्दा बैज्ञानिक हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा हो, प्रेस विज्ञप्तीमा भनिएको छ । प्रविधियुक्त शिक्षालाई बढ्वा दिदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनु आजको आवश्यकता हो ।

प्रतिभावन यूवाहरुको रोजीरोटी गुम्नेगरी बाँसगढी नगर कार्यपालिकाको मिती २०७९चैत २१ गते बसेको बैठ्कले मिती २०८० बैशाख १ गतेदेखि २३ जना शिक्षकहरुलाई हाजिर नगराउने निर्णय गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको विभिन्न सघ सस्था को हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ । नेपालको संविधानले समेत रोजगारीको हक सुनिश्चितता गरेको भन्दै ती शिक्षकहरु प्रति देखाएको अमानविय, अप्राकृतिक ब्यवहारलाई सच्याउदै निजहरुको रोजगारीलाई निरन्तरता दिदै पुर्नबहाली गराउन समेत आग्रह गरिएको छ l

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.