पुनर्वासको श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु
कञ्चनपुर/पुनर्वास ९ स्थीत श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु भएको छ । सनिवार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पानसमा दिप प्रज्ज्वलन गरेर प्रतियोगिताको उदघाटन गर्नुभयो ।
नव वर्ष २०८० को अवसर पारेर सुरु गरिएको उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफि सहित नगद १ लाख १० हजार ११०, उपविजेता टिमलाई ट्रफि सहित नगद ५५ हजार ५० रूपैयाँ प्रदान गरिने जनाईएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार उत्कृष्ट फरवार्ड लाई १० हजार , उत्कृष्ट गोल किपरलाई १० हजार पुरस्कृत गरिने आयोजकले जानकारी गराएको थियो ।
२०६१ सालमा संस्था दर्ता भइसकेपछि यस क्षेत्रमा जस्तै फुटबल, क्रिकेट लगायत कार्यक्रम गर्दै आएको र सामाजिक क्षेत्रमा समाजमा रहेका बेथिति, विकृती चेलीबेटी बेचविखन लगायत कार्यमा सशक्त आवाज उठाउदै विभिन्न सामाजिक कार्यमा समेत क्लब सहभागि हुदै आएको भएपनि पछिल्लो समय कोरोना भाईरस कोभिड (१९) को प्रभावले क्लबले कुनै पनि कार्यक्रम को आयोजना गर्न नसकेको दुखद घटना स्मरण गर्दै लामोसमय पश्चात पुन: फुटबल खेल प्रतियोगिता को आयोजना गर्न लागिएकोगरीएकोउदघाटन कार्यक्रममा क्लबका अध्यक्ष कर्ण बहादुर ऐडीको सभापतित्व प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आथित्य रहेको थियोे । त्यसैगरी विशिस्ट अतिथिका रुपमा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा हुनुहुन्थ्यो ।
सो कार्यक्रमको सञ्चालन क्लबका सचिव शैलेन्द्र बिकले गर्नुभएको थियो ।



Comments are closed.