web analytics

बाँसगढीमा ईसाइ धर्म गुरु प्रहरी नियन्त्रणमा

जेठ ४

बर्दिया /ईसाई धर्म गुरु योगेन्द्र कुमारी घर्ती (यमुना) लाई प्रहरीले नियन्त्रमा लिएको छ । सर्पले टोकेको विरामीलाई अस्पताल लैजान पर्दैन प्रार्थनाले निको हुन्छ भनेर विरामीलाई अस्पताल लैजना नदिने ईसाई धर्म गुरु यमुनालाई ईलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको हो ।

गत सोमवार बाँसगढी नगरपालिका वडा न ३ महादेवा की १६ बर्षिय ओम कुमारी डाँगीलाई सर्पले टोक्दा प्राथनाले निको हुन्छ भनेर समयमा अस्ताल लैजान नदिदा किशोरीको अकालमा ज्यान गएको थियो । सर्पको टोकाई बाट ज्यान गए पछि आफ्न्तले मोतिपुर ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित ईसाई धर्मगुरु यमुनालाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको र म्याद थप गरेर अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.