web analytics

पुनर्वासका प्रकाश गैरे सामाजिक सन्देशमूलक भिडियो प्रतियोगितामा प्रथम बन्न सफल

कञ्चनपुर, २९ साउन ।
पुनर्वासका युवा वैज्ञानिक प्रकाश गैरे सामाजिक सन्देशमूलक टिकटक भिडियो प्रतियोगितामा प्रथम बन्न सफल भएका छ्न ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गत साउन  २७  गते राष्ट्रिय सभा गृहमा भएको  एक समारोहमा गैरेलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियोे । पुरस्कार वितरण कार्यक्रममा गैरेद्वारा बनाईएको भिडियो समेत प्रदर्शन गरीएको थियो ।
नेपाल सरकारले आ.व. २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा मनाउने घोषणा भएको सन्दर्भमा राष्ट्रिय युवा  परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर “युवा र उद्यमशीलता” विषयको मर्म झल्किने  सामाजिक सन्देशमूलक टिकटक भिडियो प्रतियोगिता सञ्चालन गरेको थियो ।
सोही प्रतियोगितामा लुम्बिनीका आश्विन परियार र रौतहटका सुस्मिता चौलागाईले क्रमश: दोस्रो र तेश्रो पुरस्कार जित्न सफल भएका थिए ।
प्रतियोगितामा  प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई क्रमशः रु. ३० हजार, रु. २० हजार, रु. १५ हजार र रु. १० हजार प्रदान गरीएको थियो । मुल्याङनमा छनोट भएको प्रथम  भिडियोले ३७ लाख भन्दा बढी भ्युज पाएको थियो ।
सूदूरपश्चिममा रहेर वैज्ञानिक आविष्कारका क्षेत्रमा सक्रिय युवा वैज्ञानिक गैरेले गत आर्थिक वर्षमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगिता  “युथ इनोभेटिभ आईडिया हण्ट” प्रतियोगितामा समेत प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
उनी हाल विभिन्न वैज्ञानिक उपकरणहरुको  निर्माण तथा विज्ञान प्रोजेक्टका विभिन्न भिडियो सामाग्री  निर्माण गर्ने कार्यमा सक्रिय छन । आफ्नो जन्मथलो पुनर्वास कञ्चनपुर चिनाउने गरी  बनाएका उनका आविष्कारसंग सम्बन्धित भिडियो सामाग्रीहरु युटुब र टिकटक जस्ता सामाजिक सञ्जालहरुमा लोकप्रिय छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.